२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शनिबार ०६, जेठ २०८० ०८:०२
बझाङमा बाइक र ट्रक एक आपसमा ठोक्किदा २ जना घाइते

 

 

बझाङ । बझाङमा सरकार बाइक संग ट्रक एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

वित्थडचिर गाउँपालिका–९ सुनकुडा बजार नजिकै बाक्थलाबाट डडेल्धुरा गइरहेको भे ख ३६९१ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको सु।प प्र ०१००१ ब १४२५ नम्बरबरको बाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन ।

घाइते हुनेमा बाइक चालक दुर्गाथलिका २५ वर्षीय यज्ञराज धामी र शिवराज ओखेडा रहेका छन् ।

घाइते दुबैजनाको स्थानीय स्वास्थ्यचौकिम उपचार भइरहेको छ । ट्रक चालक बैतडिको शिगास गाउँपालिका–९ का २९ वर्षीय तपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणम लिएको जनाएको छ ।

प्रतिक्रिया