२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ
जिल्ला प्रशासन कार्यालय बैतडी

जिल्ला प्रशासन कार्यालय बैतडीमा बिभिन्न सेवा लिनेहरुको चाप

SansherOnline SansherOnline
मङ्गलबार २०, पुष २०७८ ०४:३२
जिल्ला प्रशासन कार्यालय बैतडीमा बिभिन्न सेवा लिनेहरुको चाप

आषिस माल बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा बिभिन्न सेवा लिनेहरुको चाप बढेको छ। स्थानीय तहकोको चुनाव नजिक पुगे संगै र नेपाल प्रहरी, नेपाली सेना,र सशस्त्र प्रहरी को भर्ना खुलेकाले दर्खास्त दिनको लागी नागरिकता बनाउने र मतदाता परिचय पत्रबनाउनेको संख्या बडेकाले जिल्ला प्रशासन कार्यालय बैतडीमा भिडभाड बड्न थालेको हो । 

बिशेश गरि नेपाल प्रहरी ,नेपाली सेनाको दर्खास्त खुलेकाले नागरिकता बनाउने को संख्या बडेको हो । सोमबारबाट जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवाग्रहीको चाप बढेको छ । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बडेको हो । 

हालको दिनमा मतदाता नामावली कार्यअबधि सुचारु भएको र बिगतको दिनकोलकडाउनले गर्दा मंसिर,पुसको महिना फुर्सदिलो समय र कोरोना भाइरसकोभिड १९ ले छिमेकी रास्ट्र भारत मा तेस्रो लहरको कोरोनाले बिकराल रुप लिदा काम गर्न गएका नेपाली नागरिक भारतले विभिन्न प्रान्तमा लकडाउन गर्दा नागरिक स्वदेश फर्केकाले धेरैको बिदा भएकाले यो समयमा नागरिता लिनेहरुको भिडभाड बडेको बैतडीका सायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती ले जानकारी दिनुभएको छ  । सेवाग्राहीको चापलाई व्यवस्थित बनाउन नागरिक सहायता कक्ष पनि प्रशासनले २ ठाउमा राखेको छ । सेवाग्रहीको चापलाई व्यस्थित बनाउन र छिटो छरितो सेवा प्रवाह गर्ने उदेश्यले बिहान १० बजेबाट साज ५ बजे सम्म सेवा दिने व्यवस्था मिलाइएको सायक प्रमुख जिल्ला अधिकारी भारतीले बताए । जिल्ला प्रशासन कार्यालय बैतडीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिता २० जनाले प्रतिलिपी लिने गरेको थियो र हिजो अस्तिबाट ९० देखि १३० सम्मले नागरिकता र प्रतिलिपी लिनेगरेको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अप्रेटर सुरेन्द्र भट्टले बताएका छन ।
मंगलवार १ सय भन्दा वढिले नागरिता बनाएको भट्टको भनाइ  छ ।

नागरिता लिनेहरुसँगै राहदानी (एमआरपी) बनाउनेहरुको संख्यामा पनि बृद्धि भएको छ । सामान्य समयमा १० देखि १५ जनाले राहदानी (एमआरपी) लिने गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया