२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार १७, बैशाख २०८० ०९:३५
दार्चुलामा व्याँसी सौका समुदाय कुञ्चा सर्दै

 

 

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकामा मात्रै बसोबास रहेको व्यासी सौका समुदाय जिल्ला सदरमुकाम क्षेत्रमा गर्मी बढेपछि कुञ्चा सर्न थालेका छन् । 

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने व्यासी सौका समुदाय भारतको बाटो भएर आइतबारदेखि कुञ्चा सरीरहको व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीले जानकारी दिए ।

छाङरु र तिङ्करका गरी करिब ७० परिवार कुञ्चा सरीरहेका उनले बताए । सदरमुकामबाट आफ्ना पशुचौपायासहित उनीहरु तिङ्कर गइरहेका हुन् । भारतीय प्रशासनको अनुमति लिएर तिङ्करवासी कुञ्चा सरीरहेका छन् । 

खलंगाबाट हिँडेर पहिलो दिनमा एलागाड, दोस्रो दिन पाङ्ला तेस्रो दिन बुदी चौथो दिन छाङरु तिङ्कर पुगिन्छ । व्यासी सौका समुदाय गएको मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम खलङ्गा झरेका थिए ।

तिङ्करवासीहरु गाउँ फर्किएपछि तरकारी लगायत बाली भित्र्याउने काम गर्ने बताइएको छ । व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीका अनुसार छाङरुमा ११० परिवार तथा तिङ्करमा ७० परिवारको बसोबास रहेको छ । नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट व्यासी सौका समुदाय भारतको बाटो हुँदै तिङ्कर पुग्ने छन् । 

प्रतिक्रिया