२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शनिबार १६, बैशाख २०८० १०:५४
राष्ट्रपति पौडेल भोलि डिस्चार्ज हुदै

 

काठमाण्डौ : भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्म डिस्चार्ज हुने नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने सम्भावना रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचारको लागि वैशाख ६ गते दिल्ली लगिएको हो ।

प्रतिक्रिया