धनगढी : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया