बैतडी: बैतडीको पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ओम प्रशाद पाण्डे हाजीर भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँले उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई पदस्थापन तथा कामकाजमा खटाईए बमोजीम उपसचिव पाण्डे हाजीर भएका हुन् ।
उनलाई रोक्न पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए । तर उनले सरकारले खटाएको ठाउँमा आफुले न गई कहाँ जाने भन्दै हाजिर भएका छन् । ४ बजे कर्मचारीसंग परिचात्मक कार्यक्रम राखीएको उनले बताए ।
प्रतिक्रिया