२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ
नेपाली कांग्रेसका

धनराज गुरुङले देउवालाई सोधे- के सौदा गरेर सभापति जित्नु भयो ?

SansherOnline SansherOnline
बुधबार २९, मङि्सर २०७८ ०६:२८
धनराज गुरुङले देउवालाई सोधे- के सौदा गरेर सभापति जित्नु भयो ?

बैतडी, २९ मंसिर । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले शेरबहादुर देउवालाई अन्य नेताहरूसँग सौदा गरेर सभापति पद जितेको आरोप लगाएका छन् । शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा गुरुङले देउवालाई यस्तो आरोप लगाएका हुुन् ।

मेरो सभापति शेरबहादुरजीसँग आग्रह छ । तपाइँ जित्नु भयो, के के गरेर जित्नु भयो रु के सौदा गर्नुभयो रु कहाँकहाँ कसलाई कुनामा लिएर जानु भयो रु त्यो तपाइँका कुरा, हामी औँला उठाउँदैनौँ,’ उनले भने, ‘प्रजातन्त्रमा हारलाई स्वीकार गर्ने स्वभाव प्रजातन्त्रवादीहरुको हुनुपर्छ । थाहा छ हामीलाई के के भएको हो  अहिले यत्रो विधि पत्रकाहरू, तपाइँहरूको अगाडि भन्दिनँ । मेरो स्तरले त्यो सुहाउँदैन्

गुरुङले देउवालाई पार्टी भित्र व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्रधान मानेर काम गरे आफूहरूले पनि सहयोग गर्ने बताए । उनले भने, ‘जे गरेर जिते पनि हाम्रो नेता तपाइँ, तपाइँ हाम्रो सभापति । हामी तपाइँलाई सहयोग गर्न तयार छौँ । तर, त्यो सहयोगको सर्त के भयो भने पार्टीलाई नीति प्रधान बनाउनु होस् ।अनि हामी सहयोग गर्छौं । न्युज कारखाना बाट साभार 

प्रतिक्रिया