२०८२ असोज २७ गते सोमबार
ट्रेन्डिङ

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

SansherOnline सन्शेर अनलाइन
बुधबार ०८, असोज २०८२ ०७:३७
राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन,  २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गर्नुभएकाे हाे ।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।

उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था थियो ।

उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको हाे ।

प्रतिक्रिया