२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार १४, कार्तिक २०७९ ०५:०१
कैलालीमा आलुको दानाभित्र लागुऔषध ल्याएको आरोपमा युवक पक्राउ

धनगढी - कैलालीमा आलुको दानाभित्र लुकाएर लागुऔषध ल्याउने एक जना पक्राउ परेका छन्। सोमबार जिल्लाको टिकापुर नगरपालिका वडा नं ९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेक पोष्टबाट उनी समातिएका हुन्।  प्रहरीका अनुसार पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नम्बर १ खड्क चोक नजिक बस्ने देसलाल चौधरीका २५ वर्षीय छोरा सुरज चौधरी रहेका छन्। उनी भारतबाट नेपालतर्फ आउने बेला शंका लागेर प्रहरीले चेक जाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको हो। उनको साथबाट २३ ग्राम ४१० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया