२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार ३१, असोज २०७९ ०५:४७
भन्सार छलेर ल्याएको सामान बरामद

बैतडी- बैतडीमा भन्सार छलेर राखेको सामान बरामद गरिएको छ । नेपाल — सीमानाका झुलाघाटबाट भन्सार छलेर सामान ल्याउने व्यापारी रामसिंह थापालाई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी सहितको अनुगमन टोलिले आइतबार समातेको हो । 
भन्सार छली गरेर ल्याएको सामान गोदाममा राखेको सूचना पाएपछि आफुहरुले हेर्दा समान भेटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । उनले भने , ‘ फूटकर सामान ल्याएर गोदाममा राख्दै गर्ने र धेरै बनाएर बेच्ने गरेको पाइएपछि गोदाम शिल गरेका छौं । प्रहरीले मुचुल्का बनाएर सामान भन्सारको जिम्मा लगाउछ । ’ चिनी , चप्पल , बिडी लगाएका सामनहरु व्यापारीले भन्सार छली गरेर ल्याएको भेटिएको उनले बताए । 

प्रतिक्रिया