२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार ३०, असोज २०७९ १२:४४
संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरिने

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर चिकित्सा शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने भएको छ । जोशीको इच्छा अनुसार नै उनको पार्थिव शरीर अस्पताललाई दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् । उनका अनुसार जोशीको शरीरलाई साढे ११ बजे देखि १२ बजेसम्म अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । परिवारले अस्पतालको शय्यामा नै श्रद्धाञ्जली प्रकट गरेर हिन्दु संस्कारका केही विधि प्रक्रिया पूरा गरेपछि उनको पार्थिव शरिर आम मानिसका लागि श्रद्धाञ्जली दिनका लागि राखिने छ । यस्तै, १२ बजे उनको शरीरलाई ललितपुर महानगरपालिकामा लगिने र त्यहाँ ४ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य विशिष्ठ व्यक्ति समेत जाने बताइएको छ । उनको शरीर अन्तिममा आइतबार नै अस्पताललाई हस्तान्तरण गरिने मेयर महर्जनले जानकारी दिए ।

प्रतिक्रिया