२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार ३०, असोज २०७९ १२:३४
बैतडीमा ट्याक्टर दुर्घटनामा परि चालक गम्भीर घाइते

बैतडी - बैतडीमा ट्याक्टर दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका — ८ का ३२ वर्षका किशोर बिष्ट रहेका छन् ।
मेलौलीबाट पाटन तर्फ आइरहेको सुपप्र ०१००२ त ४८०६ नम्बरको ट्याक्टर आइतबार पाटन –पञ्चेश्वर सडक अन्तर्गत बगडीखोला पुलबाट तल खसेर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । 
घाइतेको प्राथमिक स्वासथ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया