२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार ३०, असोज २०७९ १२:२५
डडेल्धुरामा समाजवादी र कांग्रेस बीपीको चुनावी तालमेल हुने

डडेल्धुरा –आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस बीपी बीच तालमेल हुने भएको छ । शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जनाएका हुन् । 
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डाक्टर तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टी परित्याग गरेपनि जोशीलाई नेकपा एस डडेल्धुराले समर्थन गरेको छ ।
जसअनुसार नेकपा एसले कांग्रेस बीपीसँग तालमेल गरेको हो । नेकपा एस र कांग्रेस बीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए । 

प्रतिक्रिया