२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ
दुर्घटनामा परी २३ बर्षीय चालक करन बोहराको मृत्यु भएको हो ।

बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

SansherOnline SansherOnline
आइतबार ३०, असोज २०७९ १२:२२
बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ- बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी २३ बर्षीय चालक करन बोहराको मृत्यु भएको हो । शनिबार सुपप्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बित्थडचीरका २८ बर्षीय निरज बोहरा घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 
ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो । घटना थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया