बैतडी : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध बिहीबार रातिदेखि खोलेको छ। राती डेढ बजेदेखि बाँध खोलेसंगै महाकाली नदीमा जलस्तर बढ्ने भएकोेले तटिय क्षेत्रमा जोखीम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
धौलीगंगा बाँध खोलेपछी बैतडी, दार्चुला, डडेल्धुरा, कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाब बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।
धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ ।
प्रतिक्रिया