बैतडी : जिल्लाको दाेगडाकेदार गाउँपालिका-२, ढिकगाड बस्ने ४४ वर्षका रणबहादुर कुँवरको भारतको बैंगलाेरस्थित माता अस्पतालमा फाेक्साे प्रत्यारोपण गर्नुपर्ने भएको छ ।लामो समयदेखी उपचार गराइ रहेका कुवरको अब फोक्सो प्रत्यारोपण गर्नुपर्ने भएको छ ।
आर्थिक अवस्थाका बाबजुद पनि बिगत लामो समयदेखि पारिवारिक जायजेथा बेचेर उपचार गराइरहनुभएका बिरामीका परिवारजनले पूर्ण उपचार गराउन लाग्ने खर्च बेहोर्न असमर्थ रहेकाले इच्छुक सहयोगी, शुभेच्छुक सबै महानुभावमा सहयोगका लागि परिवारजनले सबैमा हार्दिक अनुरोध गरेका छन ।
बिरामी रणबहादुर कुँवरका आफ्नै भाइ अर्जुनदेव कुँवरलाई 9848972411 मा सम्पर्क गरी वा साेझै राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर 4050100129284010 मा सहयोग गरिदिनहुन सबैमा अनुरोध गरेका छन।
तपाइँको सानो सहयोगले कुवरको उपचारमा ठूलो सहयोग पुगि कुवरको जीवन रक्षा हुनेछ। यहाँहरुकाे सानो सहयोगले उहाँको जीवन रक्षा हुनसक्छ । उपचारको दान सबैभन्दा ठूलो दान हो ।
प्रतिक्रिया