२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ
‘विद्युत सेवा अनियमित हुँदा समेत प्राधिकरणले ध्यान दिएको छैन् ।

दोगडाकेदार गाउँ पालिका ५ दोलिमा विद्युत सेवा ७ दिन देखि अबरुद्ध

SansherOnline SansherOnline
सोमबार १६, साउन २०७९ ०९:४९
दोगडाकेदार गाउँ पालिका ५ दोलिमा विद्युत सेवा ७ दिन देखि अबरुद्ध

बैतडी । बैतडीको दोगडाकेदार गाउँ पालिका वडा नम्बर ५ दोलिटोलमा पछिल्लो समयमा विद्युत सेवा अनियमित हुँदा ग्राहकहरुलाई समस्या भएको छ । गएको ७ दिनदेखि दोलिमा विद्युत सेवा अवरुद्ध भएपनि अझै सुचारु हुन सकेको छैन् । विद्युत सेवा अवरुद्ध हुँदा वडा नम्बर ५ का सेवा ग्राही अन्धकारमा बस्न बाध्य भएका छन ।

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको लापरवाहीका कारण समयमै विद्युत सेवा सुचारु नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विद्युत अवरुद्ध भएको ७ दिन बितिसक्दा समेत प्राधिकरणको ध्यान नगएको ग्राहकहरुको गुनासो रही आएको छ । ‘विद्युत सेवा अनियमित हुँदा समेत प्राधिकरणले ध्यान दिएको छैन् । यसले हामीलाई धेरै समस्या भएको दोगडा केदार गाउँ पालिका वडा नम्बर ५ स्थानीय जनक सिह ठगुन्नाले भने, ‘विद्युत नहुँदा विद्यार्थीहरुलाई समस्या भएको छ । स्थानीय नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

यता विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत सेवा सुचारु गर्न पहल भइरहेको जनाएको छ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत सेवा नियमित गर्न ढिलाइ भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका कार्यालय प्रमुख पवन भट्टले बताएका छन ।

प्रतिक्रिया