२०८२ असार ०१ गते आइतबार
ट्रेन्डिङ
माधब बिष्ट (कैलाश) को यो मुटु छुन लाग्यो बोलको देउडा गीत

माधब बिष्ट (कैलाश) को यो मुटु छुन लाग्यो देउडा गीत सार्वजनिक

SansherOnline SansherOnline
शुक्रबार १७, असार २०७९ १२:२२
माधब बिष्ट (कैलाश) को यो मुटु छुन लाग्यो   देउडा गीत सार्वजनिक

 बैतडी । चर्चित देउडा कलाकार तथा सर्जक माधब बिष्ट (कैलाश) को यो मुटु छुन लाग्यो बोलको देउडा गीत सार्वजनिक भएको छ।समसामयिक बिषयवस्तुहरुलाई गीत मार्फत चित्रण गर्दै नयाँ गीत बजारमा आएको हो। गीतका परिकल्पनाकार  आफै रहेका बिष्टले कथा लय तथा शब्द पनि आफैले कोरेका छन् । यस्तै गीतमा चर्चित  कलाकारहरु भुवन प्रकाश बडु को ऐरेन्ज तथा भरत भट्ट र गौरी भट्टले आवाज दिएका छन् । उक्त गीतको  भिडियोलाई संगित बिकल्पले निर्देसन गरेका छन भने अमन बडु ले छायांकन गरेका छन । मनोज डंगोल ले रिकर्ड तथा मिक्सीङ गरेका छन् । गितमा सर्जक माधव बिष्ट आफै, आशा शाही, भुवन बडु र टेक ऐरले अभिनय गरेका छन् । उक्त गीतको भिडियो माधब बिष्ट( कैलाश) कै युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।  घरछैन आसुको हुदै बहुचर्चित सुदुरपश्चिम स्वर्ग सरिू देखि लिएर जन्म्याभुमी फर्केर आइग्यु दोगडाकेदार हुदै न्याउलि सम्म सयौ कालजयि गितको सिर्जना गरिसकेका बिष्टले यो गित पनि फरकपनका साथ तयार पारीएको बताएका छन् । पछिल्लो समयमा टिकटक तथा फेसबुक जस्ता सामाजिक सन्जालको बढ्दो दुरुपयोग का कारणले र राम्रै सम्वन्ध का बिचमा बिभिन्न संका उपसंका र महत्वाकांक्षा का कारण सम्वन्धमा परेका दरार  बिछोड र पछुता लाइ समेत गितले कथा मा देखाएउन खोजेको सर्जक बिष्टले बताउनु भयो । सामाजिक संजालको गलत प्रयोगले कतिपयको घरबार बिग्रेको सम्बन्धमा समस्या आएका तथा कतिको ज्यानै समेत गएकाले सामाजिक संजालको सहि सदुपयोग  गर्नु पर्छ भन्ने सन्देश गितले दिन खोजेको बिष्टको भनाई छ ।

 

प्रतिक्रिया