बैतडी : बैतडीको सिगास गाउँपालिका – १ को कार्यालयमा तालाबन्दी गरिएको छ । दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए ।
संघर्ष समितिले वडा नम्बर १ का स्थानियहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।
दुदिलाखान– गाँजरी र बिन्द्रावन– वडा कार्यालय जोड्ने सडक फागुन ८ गते देखी पुर्ण अवरुद्ध पारेका छन् । त्यस लगत्तै फागुन ९ गते जिल्लाबाट प्राविधिकहरुको टोली स्थलगत अनुगमनका लागि आएको थियो । संघर्ष समितिले जान नदिएको भन्दै प्राविधिक टोलि दुदिलाखानबाट फर्किएको थियो । तर संघर्ष समितिले भने सडक बन्द भएकाले गाडीसहित जान नमिल्ने र पैदल जान आग्रह गरेपनि प्राविधिक टोली फर्किएको बताएको छ ।
दुदिलाखान गाँजरी धौलाडी काठा हुँदै गर्जे पुग्ने सडक पहिले अघि बढ्नुपर्ने सिगास गाउँपालिका २ का केही स्थानियहरुको माग छ भने दुवै सडकहरु संगै अघि बढ्नुपर्ने संघर्ष समितिले अडान राख्दै आएको थियो ।
प्रतिक्रिया