२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
शुक्रबार १७, कार्तिक २०८० ०७:५४
सिगासका रघुबिरको घरबास भूकम्पले खोस्यो : आफू अस्पतालमा थन्किए ,भत्केको घरमा परिवारका ५ सदस्य

बैतडी : खुट्टाको अप्रेसन गराएका बैतडीको सिगास गाउँपालिका-३ कुराडीकस रघुबिर साउद लगभग १ महिना देखि जिल्ला अस्पताल बैतडीको शैय्यामा छन् । ४१ वर्षिय साउँदको घर यसैबेला भूकम्पले भत्काएको छ ।

जिल्ला अस्पताल बैतडीको शैय्यामा खुट्टाको उपचार गर्दै रघुबिर साउद ।

अहिले आधा भत्केको घरमा परिवारका ५ सदस्य बसिरहेका छन् भने घरमा छाक टार्न एकदाना अन्न छैन् । दैनिक मजदुरी गरेर परिवार पाल्ने रघुबिरकी श्रीमती पनि अस्पतालमै कुरुवा बसेकाले घरमा मजदुरी गर्ने मान्छे पनि छैनन् ।  गाउँमा मजदुरी गर्दै गर्दा लडेर खुट्टामा चोट लागेका उनले पैसा अभावले समयमा अस्पताल पुग्नै पाएनन् ।

रघुबिरलाई औषधीका लागि आर्थिक अभाव भएको छ । उनले भने, ‘अस्पतालमा निःशुल्क पाइने औषधी मात्रै प्रयोग गरिरहेकाले उपचार निकै ढिलो भैरहेको छ । बाहिरबाट किन्नुपर्ने औषधीका लागि पैसा छैन् । घरमा बुढीआमा र ४ नाबालक बच्चाहरु छन् । उनिहरु भोकभोकै बसेका छन् । जिर्ण अवस्थाको सानो घरपनि भीकम्पले आधा भत्काइसक्यो । त्यस्तै घरमा जोखीम मोलेर बसेका छन् ।’

रघुबिरको खुट्टाको एक औला भने ४ बर्ष अघि नै मजदुरीको क्रममा भाचिँएको थियो । अहिलेपनि मजदुरी गरिरहदाँ खुट्टामा भम्गीर चोट लागेपछि अप्रेसन गराएका हुन् । उनको उपचार समस्या भएपछि सहयोगी दाताहरुबाट आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् ।

सिगास - ३ का रघुबिर साउदकाे घर भूकम्पबाट क्षतविक्षत भएपछिको अवस्था ।

भुकम्पले घर भत्काएपछि राहतका लागि फोटो तयार गरेर राखेका राहत पाइने निकायमा जानै पाएनन् । अहिले अस्पतालको बेडमै झुण्ड्याएको झोलामा उनले राहतका लागि तयार गरेका कागजपत्रहरु राखेका छन् । कतैबाट राहत नपाएका साउद गाउँघरमा जे काम पायो त्यसै काममा मजदुरी गर्दथे । घर बनाउन, बाटो बनाउन, विकास निर्माणका कामहरु तथा कुनैपनि काम पाएमा मजदुरको रुपमा काम गर्न तयार हुने उनले मजदुरी गर्न नपाउदाँ समस्या भएको हो ।

उनकी श्रीमति बेलमतिले भनिन्, ‘हामिलाई पीडा माथि पीडा भएको छ । अस्पतालमा बस्दा एक छाक भात खान समेत समस्या छ । एक थाल भात को संग माग्नु ? यहि बेलामा भुकम्पले घर भत्काएको छ । हामि दुवैजना गाउँमै भैदिएको भएपनि केहि न केहि काम गर्न हुन्थ्यो, ३ वर्ष देखी १२ वर्ष सम्मका ४ छोरीछोरी घरमा छोडेका छौँ, उनिहरु के खान्छन्, कहाँ सुत्छन्, अत्तोपत्तो छैन्, हाम्रो जति पीडा कसलाई होला र ? कोहि दानी व्यक्तिहरु भएमा हाम्रो पीडा देखेर सक्दो सहयोग गर्नु होला की भन्ने आशा हो । विकल्पको बाटो केहि छैन् ।’


रघुबिरले आफ्नो पीडा देखेर कसै व्यक्तिले सहयोग गर्न चाहेमा आफ्नो खाता नम्बर सार्वजनिक गरेका छन् । उनको राष्ट्रिय वाणिज्य बैंक बैतडी शाखामा रहेको तपसिलको खाता नम्बरमा पैसा जम्मा गरि उपचारमा सहयोग पु¥याउन सकिनेछ ।
नाम रघुबिर साउद
खाता नम्बर : ४०५०१००१२९१०३०१०(राष्ट्रिय वाणिज्य बैंक बैतडी)


यता असाेज १६ गते दिउसाे ३:०६ बजेकाे र निरन्तरकाे भूकम्प बाट पिडित सिगास ३ कुराडीका रघुबिर साउदकाे घर पूर्ण जाेखिमयुक्त क्षति भई घरपरिवारकाे बिचल्ली भएको साथै साथै विगत लामो समयदेखि देखि दुवै खुट्टाका औँलाहरुमा अचानक घाउ हुँदै सडेर जाने समस्याले खुट्टाका औंलाहरु काटेरै फाल्नु पर्ने अवस्था आएको अवस्थामा सिगास गाउँपालिका – ८ लुपुड घर भइ हाल सिगास – २ गाँजरीमा बस्दै आइरहेका समाजसेवी सूर्यबहादुर बोहराको संयोजकत्वमा आर्थिक संकलन अभियान सञ्चालन गर्नुभएको छ ।

एकातिर बस्ने घर छैन, घरमा ६५ वर्षकी बुढि आमा सहित ४ छाेराछाेरी भाेकभाकै बस्नुपर्ने अवस्था छ, श्रीमतीकाे साथमा रघुबिर साउद उपचारका लागि डेढ महिनादेखि जिल्ला अस्पताल बैतडीमा छन्, निशुल्क औषधी प्रयोग बाहेक औषधि किन्ने पैसा छैन एउटै सुई लगाउन ५०० लाग्ने आफुसंग भएको अलिकति गरगहना बेचेर थोरै सम्म उपचार गराउनुपर्ने बिडम्बना देखेर सूर्यबहादुर बोहराले सो आर्थिक संकलन अभियान सुरु गर्नुभएको हो ।

यस दु:खपूर्ण अवस्थामा रघुबिर साउदकाे पिडामा मलमपट्टी गर्नका लागि सम्पूर्ण समाजसेवी मनहरुबाट सक्दाे आर्थिक सहयोग संकलन अभियानकाे थालनी गरेको र सक्दाे सहयोग गरि मानवीय कर्तव्य निर्वाह गरिदिनहुन सम्पूर्ण महानुभावहरुमा सूर्यबहादुर बोहोराले अपिल समेत गर्नुभएको छ ‌।

बेलाबखत गरिब दु:खीको घाउमा मलम बन्न सफल समाजसेवी सूर्यबहादुर बोहराको आर्थिक संकलन अभियानमा अहिले देश देखि विदेश बाट सहयोग संकलन भइरहेको छ । यस अघि पनि सूर्यबहादुर बोहराको संयोजकत्वमा आर्थिक संकलन अभियान गरी धेरैको घाउमा मलम बन्न सफल हुनुभएको छ ‌।


सूर्यबहादुर बोहराको संयोजकत्वमा चलिरहेको आर्थिक संकलन अभियानमा सहयोग गर्न निम्न माध्यमहरू प्रयोग गर्न सकिनेछ :-
Agriculture development Bank
A/C Name : Surya Bahadur Bohara
A/C No : 0826604003192015
Fonepay- 9863529191
esewa/imepay-9863529191
कृपया सहयोग रकम पठाएपछि स्क्रिनसट गरि म्यासेन्जरमा पठाईदिनुहाेला ।

प्रतिक्रिया