२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार २९, साउन २०८० ०८:३१
बैतडीमा आँखा पाक्ने रोग फैलिँदै ,९ सय बढी  पुगे बिरामी

बैतडी : बैतडीमा पनि आँखा पाक्ने रोग तिव्र गतीले फैलिँदै छ । तराईका जिल्लाहरुमा अत्याधिक देखीएको आँखा पाक्ने रोग पहाडी जिल्लाहरुमा समेत तिव्ररुपमा फैलिँरहेको आँखा उपचार केन्द्र गोठलापानीको तथ्याङकले देखाएको छ । 

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्धारा सञ्चालीत आखा उपचार केन्द्र गोठलापानीमा ४ सय ७० बिरामी पत्ता लागेको गोठलापानीमा कार्यरत नेत्र सहायक धर्मेन्द्र राजले बनाए । र आखा उपचार केन्द्र पाटनमा ४ सय ८० जना बिरामीहरु पुगेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताइन् ।   जिल्लामा रहेका दुई आँखा जाँच केन्द्र गोठलापानी र पाटनमा साउन  २८ गतेसम्म ९ सय ५० जनामा संक्रमण देखिएको छ । 

गोठलापानी आँखा जाँच केन्द्रमा दनपा, डिलाशैनी, दोगडाकेदार लगायतका क्षेत्रबाट बिरामी आउछन् भने । पाटन आँखा जाँच केन्द्रमा शिगास, मेलौली,शिवनाथ, पञ्चेश्वर, पुर्चौडी, सुनर्या क्षेत्रका बिरामीहरु आउने गरेका छन् । 

आँखा पाक्ने समस्या नेपालमा प्रायस् हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् 

एडिनो भाइरसका कारण मानिसहरुमा आँखा पाक्ने रोग फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । आँखाको संक्रमण भएमा नजिकको आँखा उपचार केन्द्रमा पुगेर उपचार गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

चिकित्सको सुझाव अनुसार मात्रै औषधि प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।  

 


 

 

प्रतिक्रिया