बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रममा १ सय १६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका दावि गरिएको छ । बुधबार पार्टीका केन्द्रिय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र कुवर बिजयसुन्दरको प्रमुख आातिथ्यता र सह इन्चार्ज प्रेम प्रकाश भट्ट आदित्यको विशिष्टआतिथ्यतामा सम्पन्न स्थानीयतहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय १६ जना माओवादीमा प्रवेश गरेका गाउँकमिटि अध्यक्ष रामबहादुर विष्टले जानकारि दिनुभयो ।उहाँका अनुसार नेकपा एमालेबाट ५२ जना,नेपाली काँग्रेसबाट ५७ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट ७ जना माओवादीमा प्रवेश गरेका हुन् । नवप्रवेशिहरुलाइ खादा सहित अबिर लगाएर स्वागत गरिएको गाउँकमिटि अध्यक्ष विष्टले बताउनुभयो । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र बैतडीले चुनावी प्रशिक्षण कार्यक्रम गरिरहेको छ । स्थानीयतहको निर्वाचन नजिकिएसंगै माओवादी केन्द्र बैतडीले पनि जिल्लाका सबै पालिकामा प्रशिक्षण कार्यक्रम गरिरहेको माओवादी केन्द्र जिल्ला संयोजक शंकर भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय तहको चुनावलाइ लक्षित गरेर चुनावि प्रशिक्षण कार्यक्रम संगसंगै जनता संग भेटघाट भइरहेको उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालन गरेर स्थानीय तहको निर्वाचनका लागि पार्टीका आन्तरिक एकतालाइ सुदृढ गरि नेता कार्यकर्ताहरुलाइ सक्रिय पार्ने , मतदाताहरुसंगको सम्बन्ध सुदृढीकरण गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
दोगडाकेदार गाउँपालिका , डीलाशैनी गाउँपालिकामा चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको माओवादी केन्द्रले बुधबार सुर्नया गाउँपालिकामा सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र कुवर ९विजयसुन्दर०को प्रमुख आतिथ्यतामा सुर्नयामा कार्यक्रम सम्पन्न भएको हो ।
माओवादी केन्द्र सुर्नया गाउँकमिटि अध्यक्ष राम बहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज नरेन्द्र कुवर , सह९इन्चार्ज प्रेम प्रकाश भट्ट ९आदित्य० , बिक्रम कुवर ९प्रतीक०, जिल्ला संयोजक शंकर भण्डारी , सुर्नया इन्चार्ज स्वेता भट्ट ९साहारा० , सह९इन्चार्ज, तर्क राज भट्ट प्रकाण्ड लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया