२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार २३, साउन २०८० १०:४७
कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको हो।

सोमबार राति करिब २ बजेको समयमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–८ बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिए।

प्रहरीका अनुसार युवती मानसिक सन्तुलन ठीक नहुँदा मध्यरातमा घरबाट भागेकी थिइन्। युवतीलाई ठक्कर दिने ट्रक चालक सर्लाहीका ३० वर्षीय होमबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया