बैतडी : बैतडीको एक स्थानीयमाथि हातपात भएको छ। जिल्लाको सुर्नया गाउँपलिका वडा नं ५ का वडा सदस्य करन सिह बिष्टले स्थानीयहरु माथि कुटपिट गरेको भिडीयो भाईरल भएको छ ।
महिला समुह बाट निर्माण गरिएको सिचाईको योजना विषयमा बिवाद हुदा वडा सदस्य बिष्ट कुटपिट गर्न उत्रिएका हुन् । यतिमात्रै होइन वडा सदस्य बिष्टले महिलाहरुलाई गालिगलौज समेत गरेको छ । यसरी जनप्रतिनिधिहरुले तल्लोस्तरको हर्कत गर्न थालेपछि चर्को आलोचना भइरहेको छ ।
महिला समुहले काम गरेको भएपनि योजनाको पैसा समेत वडा सदस्य बिष्टले नै मागेको खुलेको छ । महिला समुहका सचिव बाट उनले पैसा लगेको र उक्त पैसाको हिसाव नै नबुझाएको पाइएको आरेप छ ।
प्रतिक्रिया