२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार १९, असार २०८० ०९:४९
पहिरो खस्दा महाकाली लोकमार्ग अबरुद्ध

 

 

दार्चुला : गएराती परेको पानीको कारण महाकाली लोकमार्ग को खलंगा गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाज देखि ऐरिछाना सम्म पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अबरुद्ध हुदा यातायात साधनहरु सञ्चालनमा अवरोध र्सजना भएको छ ।
लोकमार्गको बिभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ । पहिराको कारण ।मङ्गलबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने बसहरु सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन।

पटक पटक पहिरोको कारण अबरुद्ध हुने लोकमार्ग मा छोटो दुरीका सवारी साधनहरुसमेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

बिहानै देखि डिभिजन सडक बैतडी पाटनको लोडरले पहिरो सफाई गरिरहेको भएपनि लगातार परिरहेको बर्षाका कारण अबरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक बिभाग का सुपरभाइजर राजेन्द्र सिंह धामीले जानकारी दिए।

प्रतिक्रिया