२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बिहिबार १४, असार २०८० ०६:००
बाजुरामा जीप दुर्घटना,७ जना घाइते

 

 

बाजुरा : बाजुरामा जिप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । 

आज (बिहीवार) दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटना भएर ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परिवार, सोही वडाका वर्ष ३० का पुन्न सार्की, ३० वषकै नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका वडा नं ४ का वर्ष ३५ का छम्मा सुनार र वडा नं ६ का वर्ष १८ का मान बहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको टाउको, ढाड, कम्मर, आखाँ, नाकमा चोट लागेको जनाइएको छ । १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दिउँसो साढे १ बजे सडकबाट करिव ३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया