२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ
कैलालीमा बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

कैलालीमाबस र ट्रक ठोक्किएर दुर्घटना

SansherOnline SansherOnline
शनिबार ०९, असार २०८० ०४:५७
कैलालीमाबस र ट्रक ठोक्किएर दुर्घटना

कैलाली : कैलालीमा बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। कैलाली प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेको जनाएको छ।

गाडीका चालकहरु घाइते भएका छन्। उनीहरुलाई उद्धार गर्ने काम भइरहेको छ। दुर्घटना स्थलबाट घाइतेहरुलाई सुखडस्थित घोडाघोडी अस्पताल पठाइदै छ। दुर्घटनाको कारण, गाडीको नम्बर र घाइतेको संख्याको बारेमा विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया