२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार ०५, असार २०८० ११:०२
गर्मीमा कोल्ड कफी पिउँदा पाइन्छ यस्ता फाइदा

एजेन्सी : गर्मीमा कोल्ड कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो पिउँदा तौल घट्नुका साथै पाचन तन्त्र पनि स्वस्थ रहन्छ । तर कोल्ड कफीमा चिनी नमिसाएको हुनु पर्दछ ।

कोल्ड कफी पिउनाले मुड राम्रो हुन्छ र तपाईंले आफूलाई फ्रेस महसुुस गर्नुहुनेछ । यसमा क्याफिन हुन्छ, जसले दिमागको कामलाई सक्रिय बनाएर मुड राम्रो बनाउन सहयोग गर्छ ।

सही मात्रामा यसलाई पिउँदा डिप्रेसन तथा एन्जाइटीका लक्षणमा पनि सुधार आउन सक्छ ।
कोल्ड कफीमा म्याग्नेशियम र फिनोलिक कम्पाउन्ड्स जस्ता पोषक तत्व हुन्छन्, जो मुटुका लागि पनि फाइदाजनक हुन सक्छन् ।

चिसो कफी तातो कफीको तुलनामा पचाउन सजिलो हुन्छ । यसलाई पिउँदा पाचन प्रक्रिया पनि स्वस्थ रहन्छ । यो कम मात्रामा एसिडिक हुन्छ, जसलाई पिउँदा अपच, ग्यास जस्ता समस्या हुँदैनन् । साथै यसले मेटाबोलिज्म पनि बढाउने काम गर्छ । जसले गर्दा तौल घट्न सजिलो हुन्छ ।

यदि मुखको घाउ तथा अल्सरको समस्या छ भने कोल्ड कफीको सेवन गर्न सकिन्छ । यसले मुख चिसो बनाउँछ र पोल्न कम हुन्छ ।

प्रतिक्रिया