२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनु पर्छ' (एमाले) का नेता भीम रावल

SansherOnline SansherOnline
शनिबार १०, पुष २०७८ ०६:३०
एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनु पर्छ' (एमाले) का नेता भीम रावल

नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । एमाले नेता रावलले एमसीसी संसद्‌बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउादै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका हुन् ।

काठमाडौंमा शनिबार आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले एमसीसी संशोधन बिना नै संसद्‌बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए । नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने अडान पनि दोहोर्‍याए ।

उनले एमसीसी सम्झौता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताए । नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन बिना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाइ छ ।

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक गम्भिर दुश्चक्रमा फस्ने चेतावनी दिए । उनले एमसीसी सम्झौताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने माग समेत गरे ।धनगडी खबरबाट साभार

प्रतिक्रिया