२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

जिपले ठक्कर दिँदा पत्रकार सकुन्तला साउँद घाइते

SansherOnline SansherOnline
शनिबार ०८, बैशाख २०८१ ११:१५
जिपले ठक्कर दिँदा पत्रकार सकुन्तला साउँद घाइते

कैलाली : कैलालीको अत्तरियामा बोलेरो जिपले ठक्कर दिँदा पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तेघरी स्थित भीमदत्त राजमार्गमा साउँद सवार स्कुटीलाई बोलेरो जिपले पछाडिबाट ठक्कर दिएको हो। सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको उनी सवार स्कुटरलाई जिपले पछाडीबाट ठक्कर दिएको हो । 

साउँदलाई ठक्कर दिने जिप फरार रहेको र संकास्पद जिपहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकोे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। साउँदको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

जिपको ठक्करबाट उनको दायाँ हात भच्चिएको छ। उनी अत्तरियास्थित टिभी टुडेमा कार्यरत छिन् । 

प्रतिक्रिया