२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

दीर्घ सोडारीलाई सुदूरपश्चिममा मुख्यमन्त्री उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

SansherOnline SansherOnline
बुधबार ०५, बैशाख २०८१ ०७:५५
दीर्घ सोडारीलाई सुदूरपश्चिममा मुख्यमन्त्री उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

हिजो सत्ता गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ ।

अहिले नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

प्रदेश प्रमुख नजिर मियाँले भोलि बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिनुभएको छ । यसअघि दिएको समयमा नागरिक उन्मुक्ति पार्टीकै दुईजनाले दाबी पेस गरेपछि दुबै पक्षको दाबीका कारण निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले पुन मिलिजुली सरकार गठन गर्न समय दिनुभएको हो ।  

प्रतिक्रिया