२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

राजेन्द्रले मागे रवि लामिछानेको राजीनामा

SansherOnline SansherOnline
मङ्गलबार २७, चैत २०८० ०५:३६
राजेन्द्रले मागे रवि लामिछानेको राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नुभएको छ। आज पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उहाँले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भत्र्सना गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’

प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गर्नुभयो । राप्रपाको जुलुस वानेश्वर पुगेर आमसभामा परिणत भएको छ ।

 

प्रतिक्रिया