२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको सतबाँज स्थित एक होटलमा आगलागी

SansherOnline SansherOnline
शनिबार ०८, बैशाख २०८१ १०:०८
बैतडीको सतबाँज स्थित एक होटलमा आगलागी

बैतडी : बैतडीको सुर्नया गाउँपालिका-२ सतबाँज स्थित एक होटलमा आगलागी भएको छ । होटलमा लगाएको विद्युतको तार सर्ट भएर करन पाण्डेले सञ्चालन गरेको आमाको खाजा घर होटलमा आगलागी भएको हो 

होटलमा आगलागी हिजो राति शुक्रवार १० बजेको समयमा होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता खेमविक्रम केसीले जानकारी दिए  । 

होटलमा आगलागी हुँदा फर्निचर, लत्ताकपडा लगायतका सामान गरि अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रवक्ता केसीले बताए ।  आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।  

प्रतिक्रिया