२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

उदयदेव सहकारीको वित्तीय साक्षरता र सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
शुक्रबार १४, बैशाख २०८१ ०८:१०
उदयदेव सहकारीको वित्तीय साक्षरता र सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैतडी : उदयदेव बहुउद्देश्य सहकारी संस्था लिमिटेड बैतडी शाखाले एकदिने वित्तीय साक्षरता तथा सदस्यहरूसँग  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज शुक्रबार दशरथचन्द नगरपालिका वडा नं ८ त्रीपुरा र वडा नं ४ शाहिलेकमा सहकारीले सेयर सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

यस उदयदेव बहुउद्देश्य सहकारीले विभिन्न जिल्लाहरूमा शाखा विस्तार गरेको र बैतडीमा पनि शाखा रहेको हुँदा सम्पूर्ण सेयर सदस्यहरूले यस संस्थामा निर्वाद रूपमा कारोबार गर्न सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले अनुरोध गरे । 

कार्यक्रममा सहकारीका उपाध्यक्ष निरन्जनप्रसाद भट्ट,संस्थाका लेखा संयोजक तथा वरिष्ठ पत्रकार चित्राकं थापा,प्रमुख कार्यकारी अधिकृत चन्द,र सेयर सदस्यहरूको उपस्थिति थियो। महेन्द्रनगर कञ्चनपुरमा प्रधान कार्यालय रहेको सहकारीले सुदूरपश्चिमका विभिन्न जिल्ला र पालिकामा आफ्नो शाखा विस्तार गरिरहेको छ ।

प्रतिक्रिया