२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

नेविसंघले स्थापना दिवसको अवसरमा सुर्नयासहित बैतडीका सबै स्थानिय तहहरुलाई ज्ञापनपत्र बुझायो

SansherOnline SansherOnline
बिहिबार ०६, बैशाख २०८१ ०७:४७
नेविसंघले स्थापना दिवसको अवसरमा सुर्नयासहित बैतडीका सबै स्थानिय तहहरुलाई ज्ञापनपत्र बुझायो

बैतडी : नेपाल विद्यार्थी संघ बैतडीले पनि सबै स्थानिय तहहरुलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको हो ।  

विद्यालयको बर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्न केन्द्रिय कार्यसमितिको निर्णय अनुसार बैतडीका १० औटै स्थानिय तहहरुलाई ज्ञापनपत्र बुझाइएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष केशव चन्दले जानकारी दिए ।   

शिक्षा क्षेत्रमा देखीएका विभिन्न चुनौतीहरुको समाधानका उपायसहित १७ बुँदे ज्ञापनपत्र बुझाइएको नेविसंघका नेता जयन्त प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार वर्तमान शैक्षिक अवस्थाको  अनुगमन,  अध्यन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तह सम्मको  शिक्षामा देखिएका विद्यालयका साँझा समस्या समाधान गर्न  माग सहित स्थानीय सरकारलाई  ज्ञापन पत्र बुझाइएको  नेवि संघका नेता भट्टले बताए । सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर रोकालाई  ज्ञापन पत्र बुझाइएको उनले  बताए । 

दिवसको अवसरमा देशभरिका ७५३ वटै स्थानीय  तहमा ज्ञापन पत्र बुझाएको नेता भट्टले बताए। 

IMG-20240418-WA0001-1713440784.jpg

IMG-20240418-WA0000-1713440783.jpg

प्रतिक्रिया