२०८१ जेठ १४ गते सोमबार
ट्रेन्डिङ

एकीकृत समाजवादीको महाधिवेशन असारमा सर्‍यो

SansherOnline SansherOnline
बिहिबार ०६, बैशाख २०८१ ११:०१
एकीकृत समाजवादीको महाधिवेशन असारमा सर्‍यो

काठमाण्डौ : नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाण्डौँ गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सङ्गठनको तल्लो तहदेखि नै महाधिवेशन सार्नुपर्ने माग भएकाले त्यसैअनुसार निर्णय गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया