२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडी सहित सुदूरपश्चिमका ५ जिल्लामा भदौ ५ गतेदेखि सरकारले बालबालिकालक्षित खोप अभियान गर्ने

SansherOnline SansherOnline
आइतबार २९, साउन २०७९ १०:२२
बैतडी सहित सुदूरपश्चिमका ५ जिल्लामा भदौ ५ गतेदेखि सरकारले बालबालिकालक्षित खोप अभियान गर्ने

बैतडी । सुदूरपश्चिम प्रदेशमा आगामी भदौ ५ गतेदेखि  ५ जिल्लामा बालबालिकालक्षित खोप अभियान सुरु हुने भएको छ। अछाम, बाजुरा, बैतडी डोटी र दार्चुलामा ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सरकारले दोस्रो चरणअन्तर्गत सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बैतडी डोटी र दार्चुलामा गरी ५ जिल्लासहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । 
आगामी भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने  मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया