२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

मेलौलीमा आँखा शिविर सम्पन्न,१ सय १९ जनाको मोतिबिन्दुको शल्यक्रिया

SansherOnline SansherOnline
आइतबार ०४, बैशाख २०७९ १२:३२
मेलौलीमा आँखा शिविर सम्पन्न,१ सय १९ जनाको मोतिबिन्दुको शल्यक्रिया

बैतडी । बैतडी जिल्लाको मेलौलीमा आँखा शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पतालको सहयोगमा आईतवार कार्यक्रम सम्पन्न भएको हो ।

निशुल्क आँखा उपचार तथा अप्रेसन शिविरबाट ५ सय ६८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ ।

शिविरमा १ सय १९ जनाको मोतिबिन्दुको शल्यक्रिया भएको बताईएको छ। यस्तै आँखाको उपचार सेवा निशुल्क पाउँदा नागरिकहरु हर्षित भएका छन ।

प्रतिक्रिया