२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

SansherOnline SansherOnline
मङ्गलबार ०३, फागुन २०७८ ०९:०७
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने प्रमुख एजेन्डा रहेको छ।

कांग्रेससहित ९८ जना सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए । साथै, कांग्रेस संसदीय दलको विषयमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ । महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको अवाश्यकता पर्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भएको बताइरहेको छ । महाअभियोग प्रस्तावका पक्षमा कांग्रेस संसदीय दलले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको बताइएको छ । बैठक बिहान नौ बजेदेखि बस्नेछ ।

प्रतिक्रिया