२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सदरमुकाममा ‘फोरजी’,सिगासका दुर्गम बस्तीमा फोन गर्न रुख चढ्नुपर्छ

SansherOnline SansherOnline
सोमबार ०४, असार २०८० ०८:४३
सदरमुकाममा ‘फोरजी’,सिगासका दुर्गम बस्तीमा फोन गर्न रुख चढ्नुपर्छ

बैतडी-गौरव चन्द : सिगास गाउँपालिका ७ का विर बहादुर फोन गर्नुपरे बिहान आठ बजे घरबाट निस्कन्छन् । घरभन्दा ५ सय मिटर पर रहेको रुखमा चढ्छन् र सुरु गर्छन्, फोनमा कुराकानी ।  २०- २५ दिनयता विर बहादुर मात्र नभई गाउँका सबैले फोन सम्पर्क गर्नुपरे कुनै अग्लो स्थान वा रुख चढ्नुको विकल्प छैन ।

त्यसमाथि निश्चित समयमा मात्रै । गाउँमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि स्थानीयले फोनमा कुराकानी गर्न सास्ती बेहोर्नुपरेको हो । ‘नेटवर्क अन्यत्र कहीँ पनि आउँदैन,’ विर बहादुरले भने, ‘केही अग्लो ठाउँमा भएका रुखहरू चढ्दा नेटवर्कले काम गर्ने भएकाले सधैं यसैगरी फोन सम्पर्क गर्ने गरेको छु ।’

गाउँपालिका अन्तर्गतका सबै वडामा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । बिहान बेलुका ३ देखि ४ घण्टा सेवाग्राहीहरुको मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको सिगास २ गाँजरीबाट सूर्यबहादुर बोहराले जानकारी दिनुभएको छ ।

उहाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भन्नु भएको छ “नेपाल टेलिकम बैतडी शाखाले फाेन किन उठाउँदै न ? धेरै दिन भाे फाेन गर्न थालेकाे तर एकदिन पनि कुरा हुन सकेको छैन । विगत १५-२० दिन देखि नेटवर्क समस्या आईरहेकाे छ १९७ मा साेध्दा 095520198 नं. दिनुभएको छ तर फाेन गर्दा फाेन उठ्दैन । धेरै दिन भाे नेटवर्क सुधारका लागि कुरा गराै भनेर फाेन ट्राई गरेकाे फाेन उठ्दैन । काेहि नजिकमा हुनुहुन्छ भने खबर गरि दिनुहाेला । हरेक दिन नेटवर्क कमजोर हुँदै गईरहेकाे छ । 4G मात्रै देखाउछ टावर देखाउँदैन, मतलब छैन त ? ध्यानाकर्षण हाेस । ”

गाउँपालिकाका विभिन्न ठाउँमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ जुन समस्याले सबै वडा बासी प्रभावित भएका छन् । बिहान १० बजे अघि नेटवर्क आउदैन राती पनि त्यस्तै छ नेट चलिरहेको छैन, सबै सेवाग्राही मारमा परेका छन् सिगास ७ का स्थानिय विर बहादुरले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया