बैतडी: बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा ट्यांकरबाट पानी बोकेर अवरुद्ध भएको प्रसूती सेवा सुचारु गरिएको छ । मेलौली नगरपालिका अन्तर्गत पर्ने स्याडी खोलाबाट ट्यांकरमा पानी लगेर शनिबार साँझदेखि प्रसूती सेवा सुचारु गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए ।
स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । प्रसूती भएका महिलाले स्वास्थ्यचौकी छोएमा पानी सुक्छ भन्ने अन्धविश्वासका कारण स्वास्थ्य चौकीले पानी पाउन नसकेको हो ।
स्वास्थ्य चौकीलाई पानी नदिएपछि जेठ २८ गतेदेखि प्रसूती सेवा बन्द गरिएको थियो । पानीको अभावमा प्रसुती सेवा बन्द भएपछि झण्डै ४६ किलोमिटर टाढाबाट २५ हजार बढी रुपैयाँ तिरेर पानी ढुवानी गरी प्रसूती सेवा सञ्चालनमा ल्याइएको छ ।
प्रतिक्रिया