डडेल्धुरा :डडेल्धुरामाजेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नम्बर ८ कुर्जेनीमा सु.प.प्र.०१ ००१ क १६८३ नम्बरको जेसिबी दुर्घटना हुँदा बझाङ घर भएका एक जनाको ज्यान गएको आलिताल प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । जेसिबी आलितालको गोदामबाट मेलगाजा तर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको छ ।
प्रतिक्रिया