बैतडी : बैतडीका १० पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । १६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् ।
पालिकाभित्र रहेका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ । १० ओटै स्थानीयतह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका स्वास्थ्य कार्यालय बैतडीका सूनचा अधिकारी बिपीन लेखकले जानकारी दिए ।
चार नगरपालिका र ६ गाउँपालिका गरि १० स्थानीयत रहेको बैतडीका सबै बालबालिकाले खोप तालिका अनुसार खोप पाएका बताइएको छ । यस्तै यहि असार ५ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीको सभाध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक जगदिश चन्द्र विष्टको प्रमुख आतिथ्यतामा पाँच गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताए ।
पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रम अपी गेष्ट हाउस गोठलापानीमा आयोजान गरिने बताइएको छ । बैतडी जिल्ला २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसपछि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ ।
प्रतिक्रिया