२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा दुबै प्रदेशसभाको सयुक्त क्षेत्रीय सम्मेलन सम्पन्न

SansherOnline SansherOnline
आइतबार ०३, असार २०८० १०:१९
बैतडीमा दुबै प्रदेशसभाको सयुक्त क्षेत्रीय सम्मेलन सम्पन्न

बैतडी: बैतडीमा दुबै प्रदेशसभाको सयुक्त क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर १ र २ को संयुक्त सम्मेलन पाटनमा सम्पन्न भएको हो ।

पार्टीका जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

वडा–वडामा पार्टीको क्रियाशील सदस्यहरुलाई थप सक्रिय बनाउनका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा पनि सम्मेलनमा छलफल भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

सम्मेलनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, नेपाली कांग्रेस बैतडीका पूर्व सभापति एवं प्रदेश सभा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य शिवराज भट्ट, जिल्ला प्रतिनिधि, पार्टीका पालिका प्रतिनिधि, क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने बताए । एकढिक्काका साथ नेपाली कांग्रेसको संगठन विस्तार अभियानमा लाग्न समेत उनले नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । 

 

प्रतिक्रिया