२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सतबाँझमा क्यामेरा लाइयो, उसइ रात चोरी कसरी भयो ?

SansherOnline SansherOnline
आइतबार ०३, असार २०८० ०९:३८
सतबाँझमा क्यामेरा लाइयो, उसइ रात चोरी कसरी भयो ?

बैतडी: बैतडीको सतबाँझमा सिसी क्यामेरा लाएकै दिन चोरी भएको छ । सुर्नया गाउँपालिका-२ स्थित सतबाँझ बजारमा रहेको बाशुलिङ्ग ट्रेर्डस एण्ड सप्लार्यसमा गत बिहीवार राति चोरी भएको हो । 

व्यवसायी हरिश पाण्डेका अनुसार पसल अगाडि राखेका एक बण्डल सरिया बिहीवार राती चोरी भएका हुन् । सोही दिन दिउँसो सतबाँझ बजारमा चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सिसीटिभी क्यामेरा जडान गरिएका थिए ।

सुर्नया गाउँपालिकाले  सतबाँझ  बजारमा  जेठ ३२ गते  बिहीवार  ४ ओटा सिसी क्यामेरा जडान गरिएका हुन् । 

पाण्डेको पसल अगाडिबाट यसअघि पनि जेठ १० गते एक बण्डल सरिया चोरी भएका थिए । एक बण्डलमा करिब १ क्विन्टल ६ किलो सरिया हुने उनले बताए । सरिया चोरी भएपछि उनले प्रहरीमा निवेदन दिएका छन् । सतबाँझ प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया