२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

मेलौली भरिका विद्यालयहरुमा भोलि शोक विदा

SansherOnline SansherOnline
आइतबार ०३, असार २०८० ०८:४३
मेलौली भरिका विद्यालयहरुमा भोलि शोक विदा

बैतडी : बैतडीको  मेलौली  नगरपालिका भरिका विद्यालय भोलि बन्द रहने भएका छन् ।   वडा नं ८  कमलपूर माविमा कार्यरत लेखा कर्मचारी राज सिंह विष्टको  निधन भएको  शोकमा नगरपालिकाले भोलि सबै शिक्षण संस्थामा शोक विदा दिएको हो । 

जण्डीस रोगबाट ग्रसित शिक्षक बिष्टको यहि असार १ गते शुक्रबार राति ४३ बर्षको उमेरमा निधन भएको थियो। 

आज एक सूचना जारी गरेर  नगरपालिकाले  भोलि सोमबार नगरपालिका अन्तरर्गतका सबै विद्यालय तथा  शिक्षण संस्थामा शोक विदा हुने जनाएको  छ ।

 

नगरप्रमुख भिम बहादुर  चन्दद्वारा हस्ताक्षरित सूचनामा भोलि विद्यालयमा शोक विदा दिने  उल्लेख गरिएको  छ ।

प्रतिक्रिया