२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदूर पश्चिम प्रदेश सरकारको बजेट २९ अर्व २६ करोड

SansherOnline SansherOnline
शुक्रबार ०१, असार २०८० ०६:१७
सुदूर पश्चिम प्रदेश सरकारको बजेट २९ अर्व २६ करोड

सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्व २६ करोड ५९ लाख ३२ हजार रुपैयाको अनुमानित बजेट पेश गरेको छ । 

सुदूर पश्चिम प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री नरेश कुमार शाहीले शुक्रवार प्रदेश सभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि २९ अर्व २६ करोड ५९ लाख ३२ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

कुल बिनियोजन मध्ये चालु तर्फ ९ अर्व ५९ करोड ६० लाख २ हजार (३२.७९ प्रतिशत), पूँजीगत तर्फ १७ अर्व २ करोड २३ लाख ६० हजार (५८.१६ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ २ अर्व ३४ करोड ७५ लाख ७० हजार (८.०२ प्रतिशत) र वित्तिय व्यवस्था तर्फ ३० करोड (१.३ प्रतिशत) बिनियोजन गरिएको छ ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको बजेट ३६ अर्व ७४ करोड रुपैया रहेको थियो । गत अर्थिक वर्षको तुलनामा यस वर्षको बजेट सात अर्व रुपैयाले कम हो ।

प्रतिक्रिया