बैतडी : बैतडीमा सडक खनेर मकै लगाएका छन। जिल्लाको सुर्नया गाउँपालिका-२ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा स्थानीय एक युवाले सडक खनेर मकै लगाएका हुन् ।
वर्षाै देखि बजेट नपरेको र परेको बजेटलेपनि अन्य ठाउँमा काम हुने गरेको भन्दै स्थानीय हरिश विष्टले हातेट्याक्टरले जोतेर मकै लगाएका हुन् । सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो जमिनमा मकै छरेको विष्टले बताए ।
पत्ताल भुमेश्वरदेखि डाँडाबागसम्म जोड्ने सडक अधुरो रहेको बताइएको छ । यो सडकको स्थानीयहरुले नै मिलेर एक दशक अगाडि उद्धघाटन गरेका थिए । सडकमा मकै लगाएको फेसबुक लाइभसमेत गरिएको थियो ।
प्रतिक्रिया