२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

नक्कली फेसबुक चलाउनु हुछ अहिले छोडनुस, कञ्चनपुरमा एक किशोर पक्राउ परिसके

SansherOnline SansherOnline
शुक्रबार ०१, असार २०८० ०१:३१
नक्कली फेसबुक चलाउनु हुछ अहिले छोडनुस, कञ्चनपुरमा एक किशोर पक्राउ परिसके

कञ्चनपुर : सामाजिक सञ्जालमा (फेसबुक) नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको आरोपमा कञ्चनपुरका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। दोधाराचाँदनी नगरपालिका–४ का १८ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको हो। 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको थियो।

‘सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन  कुराकानी सम्पादन गरी, अश्लील तस्बिर र भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

बलिकाले लकडाउनको समयमा अनलाइन कक्षा लिन खोलेको सामाजिक सञ्जाल फेसबुकमार्फत ती किसोरसँग मित्रता भएको थियो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया