बैतडी : बैतडीको गढीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले गरेका हुन् ।
आज शुक्रबार शाखा स्थापना गरेर सेवा शुभारम्भ गरिएको राष्ट्रिय बाणिज्य बैंक बैतडीका शाखा प्रबन्धक दिपेन्द्र प्रशाद अवस्थीले जानकारी दिए । दशरथचन्द नगरपालिकाको भवनमा शाखा विस्तारित गरिएको रा.बा बैंक शाखा प्रबन्धक अवस्थीले बताए ।
शाखा कार्यालय बैतडीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर,साथै सेवाग्राहीले नगद रकम जम्मा गर्न सकिनेछ ।
प्रतिक्रिया